|
नेपाल अधिराज्यभरि वित्तीय कारोवार गर्न इजाजत प्राप्त यस बुटवल फाइनान्स लिमिटेडले सुन्दर पर्यटकीय नगर पोखरामा आफ्नो दोस्रो शाखा कार्यालय स्थापना गरेको छ । पोखरा उप-महानगरपालीकाको नयाँ सडकस्थित कार्यालयबाट वि.सं. २०६४।०५।११ गते उद्योग वाणिज्य संघका अध्यक्ष श्री दिपक श्रेष्ठ ज्यू र नेपाल वित्त कम्पनी संघका अध्यक्ष श्री राम शान्त श्रेष्ठ ज्यूबाट संयूक्त रुपमा पानसमा बत्ती बाली वित्तीय कारोबारको शुभारम्भ गरियो । कारोबार शुभारम्भकै दिन करिब १०० जना ग्राहकहरुबाट रु. २ करोड निक्षेप संकलन गर्न वित्तीय संस्था सफल भएको छ ।
ग्राहकहरुको उत्साहजनक सहभागिताका साथ सम्पन्न उक्त कार्यक्रममा वित्त कम्पनी संघका अध्यक्ष श्री रामशान्त श्रेष्ठ ज्यूले वित्तीय संस्थाहरुको ओइरो लागिरहेको स्थान पोखरामा शाखा विस्तार गर्दा केही पृथक योजनाहरु ल्याउनु पर्ने र ग्राहकवर्गलाई आकर्षित गर्न थप सुविधाहरु दिनुपर्ने कुरा औंल्याउनु भएको थियो । साथसाथै उद्योग वाणिज्य संघका अध्यक्ष श्री दिपक श्रेष्ठ ज्यूले उद्योगी तथा व्यवसायिहरुलाई सर्बसुलभ रुपमा कर्जा प्रवाह गरी समग्र अर्थतन्त्रमा टेवा पुर्याउनु पर्नेमा जोड दिनुभयो । सोही सम्बन्धमा संस्थाका संचालक श्री इन्द्रलाल श्रेष्ठले उक्त सुझावलाई दृढताकासाथ कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नूभयो । त्यसैगरी संस्थाका कार्यकारी अध्यक्ष श्री देवेन्द्र प्रसाद ध्वजुले शाखा विस्तारको उद्धेश्यलाई थप प्रस्ट्याउंदै पर्यटकीय क्षेत्र पोखराको वित्तीय कारोवारलाई थप गति प्रदान गर्न आफुहरु उत्सुकताका साथ पोखरा आएको जानकारी दिनुभयो । उक्त कार्यक्रममा वित्तीय संस्थाका संचालक तथा संस्थापकहरुको समेत उपस्थिति रहेको थियो । स्मरणीय छ, बुटवल फाइनान्स लिमिटेडको प्रधान कार्यालय बुटवलमा, शाखा कार्यालयहरु काठमाडौं र पोखरामा साथै बर्दघाट र कावासोतिमा सम्पर्क कार्यालयहरु तथा दाङ र भैरहवामा रेमिटान्स काउन्टरहरु रहेका छन् । उल्लेखित कार्यालयहरुबाट ग्राहक महानुभावहरुले उच्चतम् सेवा प्राप्त गरिरहनु भएको छ ।
स्थानः
बुटवल फाइनान्स लि.
शाखा कार्यालय,
न्यू रोड, पोखरा
फोन नं. ०६१ ५२१७५८, ०६१५२२०३३ |