Complete Financial SolutionBFL ServicesFinancial ReportsPhoto GalleryBFL Team

Home  =================================================================

Butwal Finance Limited.

  News Item
दुइ एक्स्टेन्शन काउन्टर थप
2065-09-20

बुटवल फाइनान्स लिमिटेडले मिति २०६५ असोज १६ गतेदेखि नवलपरासीको बर्दघाट र कावासोतीमा सञ्चालनमा ल्याएको दर्ुइ स्क्स्टेन्शन काउन्टरहरुलाई विधिवत रुपमा उद्घाटन गरेको छ । माघ ११ गते नवलपरासीको बर्दघाट र कावासोतीमा छुट्टाछुट्टै रुपमा सम्पन्न एक्स्टेन्शन काउन्टर समुद्घाटन कार्यक्रमको अध्यक्षता संस्थाका कार्यकारी अध्यक्ष देवेन्द्र प्रसाद ध्वजूले गर्नुभएको थियो भने कार्यक्रम संचालन रामकृष्ण कार्की र मनिकर कार्कीले गर्नुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्ने क्रममा कम्पनीका संस्थापक चित्र कुमार श्रेष्ठ र संचालक चिरञ्जीवी घिमिरेले छुट्टाछुट्टै मन्तव्य दिँदै यस वित्तीय संस्थाले नवलपरासीको ग्रामीण भेकका बासिन्दाहरुलाई बैंकिङ्ग सेवा प्रदान गर्न विगत ९ वर्षपर्ूव स्थापित दर्ुइ सर्म्पर्क कार्यालयहरुलाई स्तरवृद्धि गरी एक्स्टेन्शन काउन्टरमा परिणत गरिएको जानकारी दिनुभयो । ग्रामीण भेकका स्थानिय बासिन्दाहरुलाई नयाँ नयाँ बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै स्थापित एक्स्टेन्शन काउन्टरहरुलाई निकट भविष्यमा नै शाखा कार्यालयमा परिणत गरिने उल्लेख गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभासद महेन्द्र ध्वज जी.सी.ले सरकारी बैंक तथा वित्तीय संस्थाहरुको सेवा प्रदान गर्ने प्रक्रिया र सेवाग्राहीहरुको सेवा ग्रहण गर्ने प्रक्रियाबीच सन्तुलन पैदा हुन नसक्दा सेवाग्राहीहरुले गुणस्तरीय सेवा पाउन नसक्नुका साथै वित्तीय संस्थाहरुको लगानी जोखिममा रहेकोले नीजि क्षेत्रबाट स्थापित बैंक तथा वित्तीय संस्थाहरुले यस दिशामा ध्यान दिनुपर्ने सुझाव औल्याउनुभयो । त्यसैगरी कार्यक्रममा मन्तव्य व्यक्त गर्ने क्रममा सभासद् राम बचन यादव लगायत विभिन्न राजनीतिक दलका स्थानिय प्रतिनिधि, पत्रकार तथा समाजका अग्रज व्यक्तित्वहरुले आफ्नो मन्तव्य राख्नुभयो । त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंक, भैरहवाका मुख्य व्यवस्थापक ख्याम नारायण ढकालले वर्तमान परिदृष्यमा बैंकिङ्ग क्षेत्र थप प्रतिस्पर्धी भएकोले नवीनतम् बैंकिङ्ग अवधारणा अनुरुप बैंक तथा वित्तीय संस्थाहरु नाफामुखीमात्र नभई उनीहरुले सामाजिक उत्तरदायित्वलाई पनि बहन गर्नुपर्ने उल्लेख गर्दै अब बैैंक तथा वित्तीय संस्थाहरु ग्रामीणमुखी हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

मन्तव्य कै क्रममा ग्राहक मध्येबाट गणेशमान श्रेष्ठले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो भने सञ्चालकद्वय रविन्द्रमान श्रेष्ठ र श्रीमती निर्मला सुवालले धन्यवाद ज्ञापन गर्दै कम्पनीका कार्यकारी अध्यक्ष देवेन्द्र प्रसाद ध्वजूले सेवाग्राहीहरुलाई थप बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्न आफूहरु बैंक मर्ज प्रक्रियामा लागेको र अब छिट्टै बुटवल फाइनान्स बैकमा परिणत हुने जनाउँदै कार्यक्रम विर्सजन गर्नुभएको थियो ।

आइतबार, १२ माघ २०६५


 

 

 

All Right Reserved (2010) Butwal Finance Limited

Powered By :: Lumbini ICT Park

Ever since the government of Nepal adopted the market oriented liberal economics policy for sustainable development, poverty alleviation, regional balance and resolving unemployment problem of the country, the involvement of private sectors in economic activities have increased substantially. The private companies play significant role to the economic progress of the country.
 
space
The service of the organization and the behaviours of the staffs are very friendly.